अर्थ ताजा खबर

सुन २ सयले महंगियो

सुन २ सयले महंगियो

Gold

असोज ३ । नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँ महंगिएको छ । आइतबार तोलाको ५८ हजार एक सय रुपैयाँमा कारोवार भएको सुन सोमबार ५८ हजार ३ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलाको ५८ हजार ५० रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन तेजावी सुनको ५७ हजार ८ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि सोमबार तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन चाँदी ८ सय ५५ रुपैयाँ थियो ।

gold prize

विशेष