अपराध सुरक्षा समाज

कलाकार सन्तोष पन्तसहितले गरेको यौन दुव्यवहार सम्बन्धी जाहेरी प्रहरीले लिन मानेन

कलाकार सन्तोष पन्तसहितले गरेको यौन दुव्यवहार सम्बन्धी  जाहेरी प्रहरीले लिन मानेन

 santosh-pokhrel

असोज ३ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गल्र्स होस्टलमा सुरक्षा गार्डको ड्यूटीमा खटिरहेको अवस्थामा यौन दुव्र्यवहारमा परेकी महिलाको लिखित किटानी जाहेरी प्रहरीले दर्ता गर्न मानेको छैन ।

[su_pullquote align="right"]जाहेरी दर्ता गर्न नमानेपछि पीडित महिला झन पीडित भएको भन्दै महिला अधिकारकर्मीहरूले सिधै जिल्ला प्रसाशन कार्यालय, महिला आयोग र अदालतमा जाने बताएका छन् ।[/su_pullquote]

असोज एकगते विहान अढाइबजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको केटीएम सेक्युरिटी सर्भिसमा कार्यरत एक महिला सुरक्षागार्डमाथि केटीएमकै व्राण्ड एम्बासडर समेत रहेका कलाकार सन्तोष पन्त, केटिएम सेक्यूरीटिकै कार्यकारी प्रमुख रामेश्वर साह, निरिक्षक विष्णु कोइराला, हेडगार्ड राजेश तामाङले यौन दुव्र्यहार गरेको भन्दै इलाका प्रहरी कार्यालयमा आईतबार लिखित किटानी जोहेरी दर्ता नगरेपछि जिल्ला प्रसाशन , महिला आयोग र अदालत जाने भएका हुन् । पीडित महिलाको पक्षमा महिला संजाल, मजदुर युनियनले पहल गरिरहेका छन् ।

पीडित महिलाले गत शनिबार लिखित जाहेरी ल्याएपनि विदाको दिन परेकोबेला डिएसपी ढकेन्द्र खतिवडाले मौखिक उजुरीमात्र सुनेर आईतबार लिखित जाहेरी पाएपछि दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्ने प्रतिवद्धता जनाएको मानवअधिकार संचार प्रतिष्ठान तथा न्यायमा पहँुच परियोजनाका संयोजक मन्जु भण्डारीले बताइन् । उनले भनिन, ‘प्रहरीलाई सन्तोष पन्त र रामेश्वर जस्ता पहुँचवालालाई पक्राउ गर्न दवाव आएकाले उनले निरिह भएर पीडितका जाहेरी हातमामात्र लिए, तर दर्ता गर्न मानेनन् ।’

उनले मुलुकमा राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस महिला नै महिला भएको अवस्थामा एउटी महिलामाथि पहुँचवालाले यौन दुव्र्यवहार गर्दा समेत महिलाको किटानी जाहेरी दर्ता नगरिनु र दोषीलाई पक्राउ गरी कारवाही अगाडि नबढाउनु विडम्बना भएको बताइन् । प्रहरीले लिखित जाहेरी नै दर्ता नगरेपछि विकल्प खोज्नु परेको बताइन् ।

आईतबार विहान १० बजे जाहेरी दर्ता गर्न इलाका प्रहरी कार्यालय पुग्दा डिएसपी खतिवडा कार्यालय बाहिर थिए । उनी करिव चार घण्टापछि आएर हाँस्दै ‘तपाईहरूको जाहेरी म लिन्छु, तर आरोपित व्यक्तिलाई बोलाएर के भएको हो त्यो नबुझी दर्ता गर्दिनँ’ भनेपछि अधिकारकर्मी महिला आक्रोसित भएका थिए । उनीहरूले इप्रका परिसर भित्रै महिला अधिकारलाई सम्मान गर्न र यौन दुव्र्यवहारमा सम्लग्नलाई कारवाहीको माग गर्दै नारावाजी समेत गरेका थिए । जोहरी दर्ता नै नहुने भएपछि महिलाले डिएसपी खतिवडालाई बुझाएको जाहेरी फिर्ता समेत मागेका थिए ।

प्रहरीले दर्ता गर्न नमानेको जाहेरीमा पीडित महिलाले आफू प्रतिष्ठानको न्यू गल्र्स होस्टलमा राती १० बजेदेखि विहान ६ बजेसम्मका लागि ताला लगाएर भित्रपट्टि बसेर ड्यूटीमा खटिएको अवस्थामा विहान हुनै लागेका बेला पहिले निरिक्षक कोइराला आएर ताला खोल्न लगाएपछि ताला खोलेर बाहिर निस्केको उल्लेख छ ।

निरिक्षकसंगै आएका केटीएमका कार्यकारी प्रमुख साह, कलाकार सन्तोष पन्त र हेडगार्ड तामाङले उनलाई उल्टै किन ताला खोलेको भनि गाली गर्दा पीडित महिला सुरक्षा गार्डले ‘तपाईहरूले खोल्नु भनेर आदेश दिएर खोलेको’ भनेर जवाफ दिए लगतै साहले नाम सोध्दै शरीर मोटो भएको प्रतिक्रिया दिएपछि कलाकार पन्तले आफ्नो सम्बेदनशील अंगमा हात र्पुयाएको उल्लेख गरेकी छिन् ।

पन्तले आफ्नो संवेदनशील अंगमा हात र्पुयाएको देखेका केटीएम सेक्युररिटिका पदाधिकारीहरू मुकदर्शक भएर उभिएको उनले बताइन् । उनले भनिन, ‘त्यस घट्ना भएपछि उनीहरूले उक्त घटनाको बारेमा कसैलाई नभन्नु, भनेमा र हल्ला गरेमा ठीक नहुने चेतावनी दिएर गए । त्यसपछि मैले नजिकैको अर्को होस्टलमा ड्युटी गरिरहेकी साथीलाई रुँदै फोन गरेर जानकारी गराएँ ।’

प्रतिष्ठानको महिला होस्टलमा बेलुका १० बजेपछि उपकुलपति, रजिष्ट्रार, निर्देशक, शिक्षाध्यक्ष वा छात्राका बाबु, दाजु भाई जोसुकै आएपनि प्रवेश निषेध गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भत्रि केटिएम सेक्युरीटि सर्भिस अन्तगर्त रहेका १ सय २९ जना मध्ये १२ जना महिला सुरक्षाकर्मी कार्यरत छन् । यसैवीच आफ्नो सहकर्मी माथि भएको यौनदुव्र्यहार भएको विरोधमा केटिएमका अन्य पुरुष तथा महिला सुरक्षागार्डले दोषीलाई कारवाही नभएसम्म काममा नजाने बताएका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार तुलवहादुर श्रेष्ठले विवाद बढेपछि केटिएमका पदाधिकारी र पीडित दुवै पक्षलाई पालै पालो बोलाएर बास्तविकता बुझ्ने प्रयास गरेको बताए । उनले घट्नाबाबारेमा प्रहरीले अनुसन्धान गर्ने बताए । उनले भने, ‘प्रतिष्ठानको गल्र्स होस्टलमा सैयौं छात्रा बस्छन् । उनीहरु कसरी के हैसियत र उद्देश्यले गल्र्स होस्टलमा छिरेका हुन् त्यो उनीहरुले जानुन् । हामीले केटिएमलाई प्रतिष्ठानको सुरक्षा गर्ने जिम्मा (ठेक्का) दिएका हौं । अव उसैले गल्र्स होस्टलमा पुगेर त्यस्तो हर्कत गर्छ भने हाम्रो भन्नु केही छैन । दोषी भए कारवाहीको भागिदार बन्नु पर्छ ।’

इलाका प्रहरी कार्यालयका डिएस्पी ढकेन्द्र खतिवडाले जाहेरी प्राप्त गरेको तर आरोपित पक्षसंग पनि बुझेर मात्र जाहेरी दर्ता गर्ने बताए । उनले भने, ‘मैले जाहेरी लिएको छु । दर्ता नगर्ने भनेको छैन । उनीहरुलाई मैले ठाडो उजुरी भए अहिले दर्ता गर्छु तर यो रितपुर्वक दिएको जाहेरी भएको र म्याद पनि रहेकाले दर्ता तत्काल नगरेको हो ।’

आरोपित केटिएम सर्भिसका कार्यकारी प्रमुख रामेश्वर साहले आफू र कलाकार पन्तविरुद्ध गम्भीर सुनियोजित षडयन्त्र भएको दावी गरे । उनले भने, ‘प्रतिष्ठानभित्र अनेक घट्ना हुन थालेपछि हामी ड्यूटी चेक गर्न त्यहाँ पुगेका थियौं । ड्यूटीमा रहेका अधिकांस सुरक्षा गार्ड सुतेका पाइएका थिए । कसैलाई यस्तो दुव्र्यवहार गरेको छैन । झन सन्तोष पन्तले त केही बोल्नु नै भएन ।’ उनले कुरै नबुझी मिडियाले जथाभावी लेखिदिएको उल्लेख गर्दै आफूले पनि राजधानीका ठूला मिडिया हाउसका संचालकहरुसंग उठबस गरेको बताए ।

Santosh Panta

विशेष