बालिका करणीको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

असोज–३ । ६५ वर्षीय वृद्धलाई प्रहरीले बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरेको छ । बुढानिलकण्ठमा ९ वर्षीय बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा ६५ वर्षीय रामभक्त श्रेष्ठलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो ।
महाराजगञ्ज प्रहरी प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार बुढानिलकण्ठमा रहेको एउटा खाजाघरमा काम गर्ने श्रेष्ठले नजिकै डेरा गरी बस्ने बालिकालाई करणी गरेको जाहेरी परेको बताए ।
उनका अनुसार बालिकाको अभिभावक अस्पताल गएको मौकामा श्रेष्ठले करणी गरेका थिए । डिएसपीले बालिकालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको जानकारी दिए ।
pakrwo
Rape