भारत र भारतीय कम्पनीले नेपालको नदीनाला कसरी ओगटेर राख्छन् भन्ने बुझ्न यो पढौं
असोज ४ । भारतीय कम्पनी जिएमआर निर्माणाधीन ९ सय मेघावाटको माथिल्लो कर्णाली आयोजनामा वित्तीय व्यवस्थापन गर्न असफल भएको छ । लगानी बोर्ड र जिएमआरबीच भएको परियोजना विकास सम्झौता अनुसार सोमबार अर्थात १९ सेप्टेम्बर २०१६ मा वित्तीय व्यवस्थापन गरिसक्नु पर्नेमा कम्पनी असफल भएको हो । दुई वर्षअघि असोजमा पिडिएमा हस्तक्षर भएको थियो ।
सन २००८ मा खुला प्रतिस्पर्धामार्फत जलविद्युत आयोजनाको अनुमतिपत्र लिएको जिएमआरसँग ढिलोगरी पिडिए भएकोमा अहिले वित्तीय व्यवस्थापनमा समेत ढिलाई भएको हो ।
वित्तीय व्यवस्थाप गर्न नसकेपछि यसअघि नै जिएमआरले एक वर्ष म्याद थप्नका लागि लगानी बोर्डमा निवेदन भने दिइसकेका छ । पिडिएमा एक वर्षैसम्म एक वर्षसम्म वित्तीय व्यवस्थापनका लागि म्याद थप्न सकिने उल्लेख छ । – कारोबार दैनिकबाट