यौन-शिक्षा

जानी राखौं गर्भ नरहने गरी कसरी सम्भोग गर्ने

जानी राखौं गर्भ नरहने गरी कसरी सम्भोग गर्ने

Sex नेपाली समाजमा बिबाह गरे पछी श्रीमान श्रीमती दुवैलाइ जति सक्यो चाडों सन्तान जन्माउनु पर्ने दबाव हुन्छ । कुनै कुनै परिवारमा पहिले कोहि नामर्द वा बाझोपन छ छैन भन्ने कुरा हेरेर नवबिबाहितलाइ चाडों बच्चा जन्माएर आफ्नो प्रजनन क्षमता प्रमाणित गर्नु पर्ने बाध्याता समेत रहेको पाइन्छ ।

पहिले पहिले गर्भ निरोधक उपाय अहिलेको जस्तै बिकशित भैसकेको थिएन र नियमित यौन सम्पर्क पछी बच्चा नजन्मदा त्यसलाई बाझोपन कै अर्थमा लिइन्थ्यो ।अहिले गर्भ निरोधकका अनेक उपाय अबलम्वन गरिने हुँदा ति कुराहरु सान्दर्भिक छैन । केहि समयको अन्तराल पछी जन्माउन नै गर्भ निरोधकका विभिन्न उपाय बिकशित भएका हुन तर यी विभिन्न उपायको प्रभावकारिता भने फरक फरक हुन्छ ।

विर्य स्खलन योनी भित्रै भएको स्थितिमा पनि गर्भ धारणका लागि डिम्ब निष्काशनको समय संग तालमेल मिल्नु आवश्यक छ । श्रीमान कत्तिको अव्यस्त छन् यस कुराले पनि प्रभाव पार्छ । विर्य स्खलन हुनु ठिक अघि योनी बाट लिङ्ग झिक्ने बिधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यो तरिका अपनाउन गार्हो हुन्छ ।

अब विर्य स्खलन हुने लाग्यो भनेर राम्रो संग थाहा नपाउदा लिङ्ग झिक्न ढिलो भै विर्य योनी भित्रै या योनी खेत्रमा खस्न सक्छ । यस्तो अवस्थामा पनि अबलम्बन गरिएको बिधि काम नलाग्ने भै दिन्छ । त्यस बाहेक उत्तेजनाको श्रोत जे सुकै भए पनि योन उत्तेजना भए पछि अलिकति रस लिङ्गको टुप्पमा देखिन्छ । यसमा सामान्यतया शुक्र किट हुदैँन । त्यसैले सामान्य अवस्थामा यो रस सम्पर्क बाट गर्भ रहदैन । तर कति पय अवस्थामा यदि केहि समय पहिले हस्त मैथुन गरेर वा यौन सम्पर्क गरेर विर्य स्खलन गरेको भए गर्भ रहने सम्भावना ज्यादै रहन्छ ।

sex

विशेष