अर्थ

सेयर बजार १८ अंकले घट्यो

सेयर बजार १८ अंकले घट्यो
असोज - ०४ । सेयर बजार १८ अंकले घटेर १७८६.५० अंकमा झरेको छ । दिनभरीमा १४४ कम्पनीका एक अर्ब ३४ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । nepse fall बजारमा सबैभन्दा वढि नबिल बैंकको २४ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको साधारण सेयर १७ करोड ७४ लाख र संस्थापक ६ करोड ६७ लाख रुपैयाँ बराबरको किनबेच भएको हो । नबिलपछि एनआइसी एसियाको १२ करोड ६१ लाख रुपैयाँको किनबेच भएको छ । बजारलाई वित्तीय क्षेत्रका सुचकहरुले ओरालो झारेको हो । बाणिज्य बैंकिङ २३.६ अंक, विकास बैंक १९.८ अंक, जलविद्युत २८.२६ अंक, फाइनान्स कम्पनी १०.६३ अंक र अन्य १०.४१ अंकले झरेको छ । होटल र बिमा भने बढेको छ । होटल १५ र बिमा ३५ अंकले उक्लिएको हो । घट्दो बजारमा सेती फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र किसान माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले वढेको छ । ङादी ग्रुप पावरको सेयर मूल्य ९.८१ अंकले बढेको छ । बढि गुमाउनेमा नेरुडे लघुवित्त र अल्पाइन डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् ।

nepse oralo lagyo

विशेष