अपराध सुरक्षा

सिराहाबाट पेस्ताेलसहित दुई पक्राउ

सिराहाबाट पेस्ताेलसहित दुई पक्राउ
असाेज - ४ । सिराहाकाे मिर्चैया १ बाट पेस्ताेल र त्यसकाे गालीसहित दुइजानाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धनुषा सिंयाही मड्यानका नगेन्द्र यादव र सिराह विद्यानगरकाका जाहिर राइन रहेकाे इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएकाे छ । प्रहरीका अनुसार मिर्चैया १ स्थित अाँप बगैँचामा हतियारसहितका मानिस लुकिछिपी बसेकाे सूचनाका अाधारमा उनीहरुकाे शरीर खानतलास गर्दा पेस्ताेल र गाेली बरामद भएकाे थियाे । यादवको साथबाट १ थान नलकटुवा पेस्तोल, सोमा प्रयोग हुने ५ थान गोली र राइनको साथबाट मेड ईन युएसए लेखिएको १ थान स्वचालित पेस्तोलसहित सोमा लाग्ने ९ राउण्ड गोली बरामद गरिएको थियाे। उनीहरुको साथबाट दुई थान म्यागजिनसमेत बरामद भएको मिर्चैया प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुबैजनालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत जिल्ला प्रसाशनबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Arrest with gun pakrao

विशेष