पर्यटन

हीरक महोत्सवको तयारी

हीरक महोत्सवको तयारी

makalu

असोज ५ । कञ्चनजंगा र मकालु हिमालमा मानव पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा गाउँमै उत्सव मनाउने तयारी भएको छ । विश्वको तेस्रो र पाँचौ अग्लो चुचुरोको सम्मान र प्रचारप्रसारका लागि पर्यटन मन्त्रालय र नेपाल पर्वतारोहण संघले मंसिर ६ र ७ गते सैखुवासभाको चिचिलिा र ताप्लेजुङको सुकेटरामा विभिन्न कार्यक्रम गर्ने तयारी गरेको हो ।

पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा ती हिमालको हिरक महोत्सव मनाउने तयारी गरिएको हो । महोत्सवमा एसियालगायत २५ देशका पर्वतारोहण संघका अधिकारीहरुको समेत सहभागति रहने नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

हीरक महोसवले अन्तर्राष्ट्रिय क्षेत्रसम्म नेपाली पर्यटन क्षेत्रको पहिचान र प्रचारप्रसार गर्नेछ । ६० वर्षदेखि राज्यले हिमालको राजस्व संकलन गर्दे आएकाले हिमाल र स्थानीयको सम्मानका लागि पनि स्थानीय क्षेत्रमै हीरक महोत्सव मनाउन लागिएको र त्यसै अनुरुप तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

Hirak Mahotsab Makalu Himal

विशेष