अर्थ

कैदीद्वारा निर्मित सामाग्रीले बजार पाएन

कैदीद्वारा निर्मित सामाग्रीले बजार पाएन
असोज ५ । दाङमा कैदीबन्दीहरुले कारागारभित्र आफ्नो सीप प्रयोग गरेर उत्पादन गरेको सामाग्रीले बजार भाउ पाउन सकेको छैन् । कैदीले निर्माण गरेका सामाग्रीले बजारभाउ नपाएपछि कैदीबन्दीहरुले गुनासोे गरेका हुन् । kaidi-1 कारागारभित्र कैदीहरुले मुढा, टोपी, ढकिया, लेस आदि निर्माण गर्ने गर्दछन् । तर यि सामानले बजारभाउ नपाएपछि कारागार भित्रै थन्किएर बसेको कैदीहरुले बताएका छन् । सीप सिकेर उत्पादन गरेको सामग्रीले बजार नपाउँदा साह्रै नै खिन्न बनाएको तुलसीपुर कारागारका कैदी रामप्रसाद बञ्जाडेले बताए । त्यसैगरि तुलसीपुर कारागारका कैदी जानकी देवी जोशीले आफ्नो सीपले बजार नपाएको भन्दै दुखेसो पोखिन् । त्यस्तै कैदी यमराज खडकाले तुलसीपुर कारागारमा अहिले हाते सीप भएका र सामग्री उत्पादन गर्ने ५० जनाभन्दा बढि रहेका भएपनि उत्पादन बिक्री नहुँदा निर्माण नै रोक्नुपर्ने अवस्था आएको बताए । उनले कैदीको सामान महँगो हुन्छ भन्दै व्यवसायीहरु कारागारसम्म किन्न आउनै झिँझो मान्ने गरेको अनुभव सुनाए । kaidi कैदीबन्दीहरुले उत्पादनको बजार भएका मुढा मात्रै एक दिनमा ५० वटासम्म उत्पादन गर्दछन् । कारागारका नाइके जित बहादुर घर्तीका अनुसार उत्पादन भएको सामान बजारसम्म पुुर्यााउन समस्या भएको तथा यसलाई बजारसम्म पुु¥याउन सकेमा कैदीहरुको सीपको पनि विकास हुने, आर्यआर्जन पनि बढ्ने बताए । तुलसीपुर कारागारका सूचना अधिकारी रेश्मीराज अधिकारीले उत्पादित सामग्रीको संकलन केन्द्र आवश्यक रहेको र त्यो नहँुदा बजारीकरणमा कठिनाई भएको बताए । उनले आवश्यक ठानेर खोजेरै आउने भने कारागारसम्म आएर सामग्री किन्ने गरेको भए पनि अपेक्षा अनुसार बजारीकरण हुन नसकेको बताए ।

Bajar dang Kaidibandi muda payena topi

विशेष