अर्थ

नेप्से परिसूचक १२ दशमलव २२ अंकले घट्याे

नेप्से परिसूचक १२ दशमलव २२ अंकले घट्याे
असोज ६ । बिहीबार पनि सेयर बजार घट्दो क्रममा नै रह्यो । यो साता निरन्तर घटिरहेको पुँजी बजार माप ननेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव २२ अकले घटेर एक हजार सात सय ६६ दशमलव ९१ बिन्दुमा आइपुगेको छ । nepse fall सो दिन कारोबार रकम पनि घटेको छ । नेप्सेका अनुसार १४० कम्पनीका ९ लाख १६ हजार २ सय ३३ कित्ता सेयर ९० करोड ११ लाख ५३ हजार ६ सय ३५ रुपैयाँमा सेयर खरिद बिक्री भएका छन् । समूहगत परिसूचकमा होटल जलविदुत बिमा र अन्य समूह सामान्य अकले बढेपनि बाँकी समूहको परिसूचक आरोलो लागेका छन् । कारोबारमा होटल समूहको परिसूचक २३ दशमलव ७३ जलविदुत समूहको परिसूचक ६ दशमलव ०३, बिमा समूहको ६ दशमलव ६९ र अन्य समूहको ४ दशमलव ६३ अंकले उकालो लागेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहको ६७ दशमलव ३६, वित्त समूहको १ दशमलव ११, विकास बैंक समूहको ९ दशमलव ४५ र बैंकिङ समूहको १९ दशमलव ६३ अंकले आरालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ८० अंकले ओह्रालो लागेको छ ।

nepse oralo lagyo

विशेष