अर्थ

सरकारको निर्देशन लागू नहुँदा कपिलवस्तुमा घटेन खाना पकाउने ग्याँसको मूल्य

सरकारको निर्देशन लागू नहुँदा कपिलवस्तुमा घटेन खाना पकाउने ग्याँसको मूल्य
असोज - ६ (चन्द्रौटाक/कपिलवस्तु )। कपिलवस्तु शिवराज नगरपालिकका उपाभेक्ताले वढी मूल्यमा खाना पकाउने ग्याँस बिक्रि गरेकाे भन्दै गुनासाे गरेका छन् । व्यापारीहरुले सरकारले ताेकभन्दा वढी मूल्य असुलेपछि उपभाेक्ताले गुनासाे गरेका हुन् । gas सरकारले खाना पकाउने एल.पि. ग्यासको मुल्य देशभर एकै कायम गरेता पनि कपिलवस्तुको चन्द्रौटा, बहादुरगंज, कृष्णनगर लगायत बजारका ग्याँस व्यापारीहरुले भने खाना पकाउने ग्याँसको मुल्य मनोमानी ढङ्गले लिने गरेका छन् । कपिलवस्तुको बहादुरगंज, चन्द्रौटा, कृष्णनगर, लगायतका बजारमा आरती, बुटवल, जानकी, सिद्धार्थ, त्रिशुल, राप्ती, लगायतका ग्याँस विक्रेताहरुले सरकारले तोकेको मूल्य भन्दा बढि मुल्यमा खाना पकाउने ग्याँस विक्रि वितरण गर्दै आएका भए अनुगमन र कारबाहि भने हुन सकेकोे छैन । नेपालीहरुको महान पर्वहरु दशैं तिहारलाई मध्य नजर गर्दै सरकारले खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर रु.१३ सय २५ कायम गरेको भए पनि व्यापारीहरुले ग्राहकहरुलाई रु. १३ सय ५० लिने गरेको उपभोक्ताले गुनासो छ । यस अघि १३ सय ७५ मुल्य रहेको ग्याँसलाई १४ सयमा विक्री गर्दा पनि कुनै निकायले अनुगमन नगरेपछि दशैं तिहारको अवसरमा उपभोक्ताको सहजताका लागि तोकिएको मूल्यमा पनि मनोमानी तरिकाले मूल्य वृद्धि गर्दै ग्याँस व्यापारीले ग्याँस वितरण गरेका हुन् । तोकिएको मूल्यमा ग्याँस दिनु पर्छ भन्यो भने ग्याँस नै छैन भनि ग्राहकलाइृ फिर्ता पठाई दिने उपभोक्ताले बताएका छन् । ग्याँस व्यापारीहरुको सही अनुगमन नहुदाँ सरकारले तोकेको भन्दा बढि रकम तिरेर ग्याँस लिनु पर्ने यहाँका उपभोक्ताहरुको बाध्यता बनेको छ । सरकारको निर्देशनलाई कार्यन्वयनमा ल्याउनु पर्ने निकायहरुको मौनताले गर्दा ग्याँस व्यापारीहरुको मनोमानी चलेको उपभोक्ताले बताएका छन् । चाडपर्वको अवसरमा तोकिएको मुल्य भन्दा बढि मुल्यमा विक्रि वितरण गर्ने व्यापारीलाई कारबाही हुने सरकारको निर्देशन रहेको छ तर कपिलवस्तुमा खुलेआम मूल्य बृद्धि गरी ग्याँस विक्रि गर्ने व्यापारीको अनुगमन पनि हुन सकेको छैन । - दिपक के.सी/कपिलवस्तु

gas price in k gas price in kapilbastu Kapilbastu

विशेष