अर्थ

प्राधिकरणले लाइन काटेपछि बक्यौता उठ्दै

प्राधिकरणले लाइन काटेपछि बक्यौता उठ्दै
असोज–६ । नेपाल विद्युत प्राधिकरणले १३ करोड ९१ लाख ९४ हजार ६ सय ६४ रुपैयाँ बक्यौता उठाएको छ ।प्राधिकरणले समयमा विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियानबाट यतिको बक्यौता उठाएको हो । nepal-bidhut-pradhikaran नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयको अनुसार प्राधिकरणले लाइन काटेको ४ हजार ८ सय ग्राहकबाट यति धेरै बक्यौता उठाएको हो । प्राधिकरणको देशभरिका ८ वटा क्षेत्रीय कार्यालयले अहिलेसम्म ८ हजार ३ सय १८ ग्राहकको लाइन काटेको र ती ग्राहकबाट ३२ करोड ३८ लाख ३१ हजार २ सय १३ रुपैयाँ महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । भदौ ५ गतेदेखि महसुल तिर्न अटेर गर्ने ग्राहकको विद्युत लाइन काट्ँिदै आएको छ ।

bidhut pradhikaran

विशेष