भ्रष्टाचार लुकाउने लोकमान–प्रचण्ड सेटिङविरुद्ध जागे युवा
भदौ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल र अख्यितार प्रमुख लोकमानसिंह कार्कीले भ्रष्टाचार लुकाउन सेटिङ गरेको भन्दै युवाहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । विवेकशील नेपाली नामक राजनीतिक दलको आयोजनामा युवाहरुले माइतीघर मण्डलामा झरीको परवाह नगरी प्रदर्शन गरेका हुन् । ‘प्रचण्ड–लोकमान सेटिङ, जनतालाई चिटिङ ’, ‘सबैतिर प्रष्ट छ अख्तियार नै भ्रष्ट छ ’लगायत नारा प्रदर्शनकारीले लगाएका थिए ।