मित्रताकाे सीमा
कथा
उपत्यकामा बसेर पेट पाल्न पनि धाैँधाैँ । दुई वर्षपछि भर्खरै जागिर सुरू गरेकाे थिएं । काठमाडौंमा बस्दा साथीहरूसँग लिएकाे सापटी तिर्नु पर्ने गाेजिमा एक पैसा हुँदैनथ्याे । बाउअामा विदेश जा भनी अनेक ताना मार्थे । सुनाे नसुनाे गर्थें, र एकातिर लाग्थें । अाफूलाई भने विदेशकाे नाम नै सुन्न मन नलाग्ने । यता फेरि सुक्काे नहुने ।
यसरी नै दिन बतिरहेका थिए । ऊ काठमाडौं अाएपछिकाे पहिलाे साथी थिइ । यति नजिकाे सम्बन्ध बनेकाे थियाे कि सानामसिना कुरा पनि एकअर्काबाट लुक्दैनथे । दैनिक भेटघाट हुन्थाे । सँगै खाजा खान्थाैं । उसले काठमाडौं अाए देखिनै जागिर सुरू गरी म यसै हलिएकाे थिएं । एउटा साथीकाे सहयाेगमा जागिर मिल्याे । महिनाकाे अाठ हजार तलव । राजी भएं । अलिकति पैसा देउ न अापत पर्याे । सेलरी अाएपछि तुरून्तै पर्काइ दिन्छु भन्दै उसले फाेन गरि । मसँग पनि उस्तै हालत थियाे । अति नै इमर्जेन्सी पर्याे भनेपछि अफिसमा काम गर्ने एक जना स्टाफसँग सापटी मागेर दिएं ।
उसकाे पूर्णवाचा थियाे महिना दिनमै पैसा फर्काइदिने । दिन सामान्य बित्दै थिए । दैनिक भेट्घाट चलिरहेकै थियाे । पहिलाे महिनाकाे तलब र साथीहरूसँग सापटी लिएर माेबाइल किनें । पुरानाे माेबाइल घर पठाउने बिचार थियाे मान्छे नपाएर यतिकै रह्यो । नयाँ नम्बरबाट फाेन अायाे । माेबाइल पानीमा परेर बिग्रियाे । पुरानाे माेबाइल केही दिनकाे लागि चलाउन दिन अाग्रह गरी । साथीकाे समस्या अाफ्नै समस्या सम्झेँ । साथी भनेकाे सुखदुःखकाे लागि त हाे जस्ताे लाग्याे । माेबाइल दिएं । त्यसपछिका दिनमा हाम्राे भेटघाट कम हुन थाल्याे । फाेनमा कुरा हुन्थ्याे जागिरकाे ब्यस्तताले समय निकाल्न नसकेकाे प्रतिक्रिया अाउथ्याे । पैसा फिर्ता दिने भाकन नाघ्याे । साथी हाे के भन्नु समस्या हाेला । साेचें केही दिनमा त दिइहाल्छे नि ।
अफिसकाे स्टाफलाई केहि दिन थमाैती दिएं र अाफ्नै तलबाट तिरी दिएं । अनेक बहाना बन्न थाले । भाका नघेकाे पनि २ महिना कटिसकेकाे थियाे । हाम्राे भेटघाट पूर्णरूपमा बन्द भयाे । अचानक बिरामी परें । गाेजिमा २-३ सय जति थियाे । त्यतिले अस्पतालमा नपुग्ने । यसै ठीक हाेलानी भन्दै निम्स अाैषधी खाएर सुतें । झन रातभरि ज्वराेले च्याप्याे । टाउकाे दुखेर उठाउन सकिने भयाे। विहान सबेरै उसलाई फाेन गरें । हिजाे किन नभनेकाे उल्टै हप्की खानु पर्याे । ठिकै छ, एक्कै क्षणमा पैसा ल्याइदिन्छु भन्ने उत्तर अायाे । अाश लाग्याे । उसले कतिबेला पैसा ल्याउने हाे प्रतिक्षामा बसें । दिउसाे ११ बजिसक्याे पैसा ल्याउने मान्छे अाउँदैन । झनक्क रिस उठ्याे । फाेन गरें । अहिले अफिस गइसकेको अफिसबाट फर्किदा ल्याइदिने वाचा गरी। साथी हाे भनेकाे बेला नहाेला भन्दै दिन छट्पटीमा कटाएं । ज्वरोले शरीर थरथर कापिरह्याे । बाेल्न पनि नसक्ने अवस्था भयाे ।
मानवीयताका अाधारमा पनि एकपटक भेट्न अाउनु पर्ने थियाे । अहँ, उसमा यस्ताे कुनै मानवीयता देखिएन । सात बजिसक्याे न फाेन अायाे, न पैसा अायाे, न मान्छे नै । रिसकाे पाराे चढ्याे । उसले कुनै जिम्मेवारी देखाइन । मेरा हरेक फाेन उसलाई मजाक बने । पुनः फाेन गरें । अहिल्यै अाउन नसक्ने भन्दै उल्टो मलाई बारबार फाेन नगर्नु भन्दै धम्की अायाे । रिसले अाँखा देखिन । सायद नजिकै भएकाे भए जे पनि हुन सक्थ्याे । टाढा भएकाले ज्यान बच्याे ।
अाज पैसा नदिए जे पनि हुन सक्ने बताएं । रिसले फाेन काटिदिएं । अाठ बजेतिर फाेन अायाे पैसा लिन अाउ भन्दै । केहिदिन अगाडिसम्म मेरै काेठामा दिनरात बिताउनेले अाज काेठाभन्दा काेसाैं टाढा बाेलाएर पैसा दिदै थिई । अाफू उठ्न नसक्ने एकजना बहिनीलाई पठाएं । अादि पैसा बाँकी राखेर अरू पैसा दिएर पठाई छ । दुईचार दिनमा अाफै अाएर दिने बहिनीलाई अाश्वासन दिइछ । मलाई अरू पैसाभन्दा उपचार ठूलाे थियाे। भालिपल्ट बिहानै उपचारकाे लागि अस्पताल पुगें । चेकजाँच पछि डाक्टरले १५ दिनकाे अाैषधी लेखिदिए । त्याे पैसा त्यसैमा सकियाे । एक हप्तासम्म अफिस जान पनि सकिन ।
उसकाे दुईचार दिनकाे भाका पनि कटिसक्याे भेट्न पनि अाइन, पैसा पनि अाएन । फाेन उठ्नै छाेड्याे । फेसबुकमा मेसेज रिप्लाई पनि बन्द भयाे । विभिन्न ठाउँमा घुम्न गएका तस्विरहरू फेसबुकमा छाउन थाले । फाेन उठ्याे भने अामा बिरामी परेकाेले घरमा गएकाे बहाना हुन थाल्याे । फाेन गर्न पनि छाेडिदिए । साथीहरूले अनेक कुरा सुनाउन थाले । उसका हरेक चर्तीकला म सुन्दै गएं । एउटा मिल्ने साथी यसरी हिंडेकाे देख्दा नरमाइलो पनि लाग्थ्याे । भिर खाेज्ने गाईलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिन्न भन्ने लाग्याे । वास्तै गर्न छाेडिदिएं । कहिलेकाहीँ भेटहुंदा मुख लुकाएर हिड्न थाली। मैले पनि वास्ता गर्न छाेडिदिएं । सात महिनापछि फाेन अायाे । पक्कै पैसा दिन हाेला मनमा एउटै सवाल थियाे । फाेन उठाएं । कलेजकाे अाइडी कार्डकाे म्याद सकिएकाेले नयाँ कार्ड बनाइदिनु भन्न रहेछ । झाेक चल्याे । नगर्ने भनेर फाेन काटिदिएं । त्यसकाे केही दिन पछि फेरि फाेन अायाे । पक्कै याे पटक त पैसा पाइने भइयाे भन्न लाग्याे । कस्काे नम्बर चाहियाे भन्दै दाेस्राे पटकबाट उठाउनै छाेडिदिएं ।
फाइनल परीक्षा अाइसकेकाे थियाे । परीक्षा हलमा ठ्याक्कै अगाडि । सिकाइदिनु भनेर हैरान गरि । वास्तै गरिन । हल बाहिर निस्केपछि बाेल्न खाेज्दै थिई । चुपचाप अाफ्नाे बाटाे लागें । पछाडि फर्केर पनि हेरिन । हेर्न मन पनि थिएन । रिजल्ट प्रकाशित भयाे । ऊ फेल भइछ । फाेन अायाे । विवाह हुन लागेकाे सुनाउन रहेछ। अन्तिम पटक भेट्ने अाग्रह गरि । र, पैसा र माेबाइल पनि फिर्ता लिने वाचा गरि । लाेभी मन, ठीकै ठाने र भेट्ने वाचा गरे ।
उसैले ठाउँ र समय ताेकी । गुमेकाे पैसा पाउने अाशा थियाे, समयमा नै पुगें र प्रतीक्षा गर्न थालें । समय कट्याे उसकाे अागमन भएन । फाेन पनि लागेंन । ऊदेखि मन मर्याे । रिस उठ्याे । घर फर्कें । फाेन अायाे, नयाँ नम्बरबाट । उसकाे धाेकाले मन मरेकाेले फाेन उठाउनै मन लागेन । फेरि अायाे, मन नलागी नलागी उठाएं । अपशब्द बाेल्दै छाेरीलाई तुरुन्तै घरमा पठाइदिन अादेश दिए । म अक्क न बक्क थिएं । अक्कल काटें, उ भागी छ । परिवारले मलाई शंका गरे । थाहा नभएकाे बातएं ।
उनीहरू मान्न तयार भएनन् । छाेरी घर नअाए, मान्छ खाेलामा ठाउकाे झाेलामा भन्दै धम्क्याए । ऊ मलाई भेट्ने बहाना बनाएर अर्कैसंग भागीछ । उतिबेला बाबुअामाकाे अाज्ञाकारी छाेरी हूँ । उहाँहरूकाे वचन बिना कुनै काम गर्दिन भन्दै खुबै सुनाउने गर्थी । सबै कुरा पछि देखिने भन्दै ब्यांग्य गर्थें । ऊ रिसाए जस्ताे गर्थी । तर, अाज उसले मेरै प्रयाेग गरेर फेरि अाफ्नाे स्वार्थ पूरा गरि ।