सुनको मूल्य बढ्याे

असाेज - ९ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने स्थिर छ ।
शुक्रबार प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार १ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने शुक्रबारकै जस्तो प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।
भदौको अन्तिम साता ५९ हजार १ सय रुपैयाँमा कारोबार भएयता सुनको मूल्य घट्दै आइरहेको थियो ।
आन्तरिक बजारको माग र आपुर्तिले भन्दापनि अन्तराष्ट्रिय बजारले नेपालमा सुनको मूल्य निर्धारणमा प्रभाव पार्नेहुँदा दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व सुरु भएपनि सुनको मूल्य उतिसारो घटबड भएको छैन
badyo
mulya
sun
