घुस माग्दा यातायात व्यवस्था कार्यालयका प्रमुख विद्यार्थीकाे घेराउमा

असाेज - १० । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख खेमलाल चौधरी सेवाग्राहीबाट घुस मागेपछि विद्यँर्थी संगठनको घेराउमा परेका छन् । कार्यालयमा सवारी चालक अनुमति पत्र बनाउन आएका सेवाग्राहीबाट फोनमा घुस मागेपछि बिद्यार्थी संगठनहरुले कार्यालय घेरेका हुन ।
कार्यालयमा तनाव उत्पन्न भएपछि स्थितिलाई प्रहरीले सम्हालेको थियो । कार्यालय प्रमुख खेमलाल चौधरीलाई प्रहरीले समातेर जिल्ला प्रशासन कार्यालय पु¥याएको थियो । यातायात कार्यालयमा भागवण्डाको विषयलाई लिएर कार्यालय प्रमुख चौधरी र अन्य कर्मचारीबीच विवाद चल्दै आएको छ ।
यातायात ब्यवस्था कार्यालयले लामो समयदेखि सवारी चालक अनुमति पत्र नदिंदा सेवाग्राही मर्कामा परेका छन् । सवारी चालक अनुमति पत्र बिवरण नगर्ने तर ट्राफिक प्रहरीले लाईसेन्स चेकजाँचमा कडाई गर्न थालेपछि स्थानीय आक्रोशित भएका छन ।
Ghush
Kanchanpur
Mahakali
