अर्थ

मस्र्याङ्दी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

मस्र्याङ्दी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु
असोज–१० । माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । ५० मेगावाट क्षमताको आयोजना उर्जा मन्त्री शर्माले बिजुली उत्पादन सुरु गर्न बताएपछि आयोजनाका अधिकारीले स्वीच अन गरेर विद्युत उत्पादन सुरु गरेको हो । marsyangdi चिनियाँ कम्पनी सिनो हाइड्रो र नेपाली कम्पनी सगरमाथा पावर प्राइभेट लिमिटेडको संयुक्त लगानीमा बनेको आयोजनाले निर्धारित समयभन्दा छ महिना ढिला गरेर बिजुली उत्पादन गरेको हो । आयोजनामा सुरुमा एक युनिट (२५ मेगावाट)ले बिजुली उतपादन हुनेछ भने दुई तीन महिनापछि अर्को पुरै क्षमतामा बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ । करिब १६ अर्ब लगानीमा बनेको सो आयोजनामा सिनो हाइड्रोको ९० प्रतिशत र सगरमाथा पावर कम्पनीको १० प्रतिशत सेयर छ । माथिल्लो मर्स्याङ्दीको ५० मेगावाट थपिएसँगै लोडसेडिङमा केही राहत मिल्ने नेपाल विद्युत प्राधिकरण जनाएको छ ।

Mrsyangdai

विशेष