अपराध सुरक्षा समाज

थप शंकाको घेरामा पूर्व गृहमन्त्री माधव घिमिरे दुर्घटना, घिमिरेको मोबाइलबाट एसपिलाई फोन आएपछि...

थप शंकाको घेरामा पूर्व गृहमन्त्री माधव घिमिरे दुर्घटना, घिमिरेको मोबाइलबाट एसपिलाई फोन आएपछि...

madav

असोज ११ । पूर्व गृहमन्त्री तथा मुख्य सचिव माधव घिमिरेको त्रिशुलीमा भएको दुर्घटना शंकास्पद बन्दै गएको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५३१ नम्बरको जीप चितवनको मुग्लिन र कुरिनटारबीचमा आइतबार साँझ सडकबाट त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटनामा परी मृत्यु भएका तीन जनाको शव भेटिए पनि पूर्वमन्त्री घिमिरेसहित उनका दुई भाइ बेपत्ता छन् । दुर्घटनापछि खोजी कार्य जारी राखिए पनि तीन जनालाई अझै भेटिएको छैन ।

तर त्रिशुलीमा बेपत्ता भएका घिमिरेको मोबाइलबाट चितवनका एसपी बसन्त कुवँरको मोबाइलमा सोमवार विहान ९ बजेर २२ मिनेट जाँदा फोन आएको कुँवर बताएका छन् । झण्डै दश सेकेण्डमात्रै घण्टी बजेर काटिएकाले फोन उठाउन नपाएको कुवँरले बताएका छन् ।

एसपीकै मोबाइलमा फोन आएपछि खोजी गर्दा घिमिरेको मोबाइल र झोलासमेत भेटिएको चितवन प्रहरीले जनाएको छ । भुँइमा च्यापिएको अवस्थामा भेटिएको मोबाइलबाट फोन आउने र फोन गर्दा घरी लाग्ने घरी नलाग्ने हुँदा घटना शंकास्पद देखिएको छ । कुवँरले आफ्नो मोबाइलमा घिमिरेको मोबाइलबाट फोन आएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदविक्रम सिंहलाईसमेत सुनाएका थिए ।

एसपी कुँवरको नेतृत्वमा खोजीमा गएको टोलीले नै त्रिशुली नदी किनारमा घिमिरेको मोबाइल फेला पारेको छ । घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, भाञ्जा नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको शव आइतबार साँझ नै फेला परेको थियो । अंगरक्षक कार्कीको शब सोमबार सांझ पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।

Madav Ghimire

विशेष