सुनको मूल्य घट्यो

असोज - ११ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५८ हजार ९ सय रुपैयाँ रहेकोमा मंगलबार ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै प्रतितोला ८ सय ८० रुपैयाँ रहेको चाँदी ८ सय ७५ मा झरेको महासंघले जनाएको छ ।
ghatyo
sunko mulya
