अपराध सुरक्षा

कृष्णप्रसादको हत्या प्रकरणमा लिखित बहस नोट पेश गर्न अदालत आदेश

कृष्णप्रसादको हत्या प्रकरणमा लिखित बहस नोट पेश गर्न अदालत आदेश
असोज – ११ । चितवन जिल्ला अदालतले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको मुद्दामा वादी प्रतिवादीको तर्फका अधिवक्तालाई लिखित वहस नोट पेश गर्न आदेश दिएको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले वादी तथा प्रतिवादीका अधिवक्ताहरूलाई कात्तिक ५ गते भित्र लिखित वहस नोट पेश गर्न आदेश दिएको हो । ganga-maya-adhiakri यस अघि आइतवार र सोमवार सो मुद्दामा बहस भएको थियो । वादी नेपाल सरकार, प्रतिवादी र जाहेरवालकाका अधिवक्ताहरूले आआफ्नो अडान सहित बहस गरेका थिए मंगलवार पनि बाँकी पाँच जना प्रतिवादी तर्फका अधिवत्तलाले वहस सकेपछि अदालतवाट आदेश भएको हो । अघिल्लो दिनको बहसका क्रममा सरकारी न्यायाधिवक्ता र जाहेरवालाका तर्फबाट अभियुक्तहरूले कृष्णप्रसाद अधिकारीको हत्या गरेको दावी गर्दै हदैसम्मको सजाय माग गरेका थिए । माओवादी द्वन्द्वकालमा घटेका यो र यस्ता खालका घटनाहरूलाइ नेपाल सरकारले नै सत्य निरुपण तथा मेलमिलाप आयोगमा लगेर टुङ्गाउनुपर्ने अधिवक्त तथा चितवन वार एशोशिएसनका अध्यक्ष गोपीलाल देवकोटाको माग छ । अघिल्लो दिनको बहसका क्रममा सरकारी न्यायाधिवक्ता र जाहेरवालाका तर्फबाट अभियुक्तहरूले कृष्णप्रसाद अधिकारीको हत्या गरेको दावी गर्दै हदैसम्मको सजाय माग गरेका थिए । छोराको हत्यारालाइ कारवाहीको माग गर्दै अनसन बसेका नन्दप्रसादको अनसनकै क्रममा निधन भएको थियो । भने आमा गंगामाया अहिले पनि काठमाण्डौमा न्यायका लागि सघर्ष गर्दै आइरहेकी छन् । प्रवेशिका परीक्षा दिएर विसं २०६१ जेठ २४ गते हजुर बुबा भेट्न पूर्वी चितवनको बकुलहर आएका कृष्णप्रसादलाई अपहरण गरेर हत्या गरिएको थियो । कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो । जिल्ला अदालत चितवनले २०७१ वैशाख ४ गते ८ किटानी जाहेरीमा परेका अभियुक्तहरु सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई सुद्ध तारेखमा र भीमसेन भनिने भिष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शूराम पौडेल (अजीव) लाई प्रतिव्यक्ति २७ हजार रुपैयाँ धरौटी राखेर तारेखमा छोडेको छ । त्यसैगरी मेघनाथ पौडेल, कालिप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटी राखी तारेखमा छाडेको थियो भने तीन जनालाई साधारण तारेखमा छाडेको थियो ।

Ganga Maya Ganga Maya Adhikari Jilla Adalat Chitawan

विशेष