‘सरकारले बाँदर धपाईदिएन, न्याय पाऊँ’ भन्दै किसानहरु सर्वोच्चमा
असोज १२ । बाँदरले खाद्यन्न बाली, तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुरयाउँदासमेत सरकार रमिते बनेको भन्दै कास्कीका किसालने सर्वोच्च अदालत गुहारेका छन् । किसानको रिटमा सुनवाईपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न सोमबार आदेश दिएको छ ।
बाँदर आतंकका कारण तेखी बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै राष्ट्रिय कृषक समूह महासंघ कास्कीका तर्फबाट कुस्ती नाच्नेचौर निवासी ६० वषीए ठाकूरप्रसाद सुवेदी रिट लिएर सर्वोच्च पुगेका थिए । –अन्नपूर्ण पोस्ट्बाट