अर्थ कर्पोरेट

डिडिसीको पाउडर दूधमा किरा भेटियो

डिडिसीको पाउडर दूधमा किरा भेटियो
असोज–१२ । दुग्ध वितरण आयोजनाले दूध बनाउन प्रयोग गर्ने दूध पाउडरमा किरा भेटिएको छ । विराटनगरमा वाणिज्य कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले पाउडरमा किरा भेटेको हो । DDC डिडिसीको पाउडरमा किरा भेटिएसँगै गोदाम र उत्पादनकक्षमा लापरबाही गरेको भन्दै सम्बन्धित कर्मचारीलाई कारबाही गर्न संस्थानलाई निर्देशन दिएको छ । अनुगमन टोलीकी सदस्य तथा कन्जुमर आइ नेपालकी अध्यक्ष विमला खनालले अनुगमनका क्रममा किरा भेटिएको र अब केही हप्तामै सुधार नभए कारबाही गरिने बताइन् । संस्थानमा भेटिएको किरासहितको पाउडरको बोरा नष्ट गरिएको छ । दुग्ध वितरण केन्द्रले २५ सय लिटर दही, १० हजार लिटर दूध, १ हजार किलो पनिर दैनिक उत्पादन गर्दै आएको छ ।

DDC DDC Milk in biratnagar

विशेष