लागुऔषध सहित २ पक्राउ

असाेज - १२ । रौतहट प्रहरी लागुऔषध खैरोहिरोईन सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडा रौतहट भारतबाट लुकाई छिपाई ल्याईरहेको खैरोहिरोईन सहित जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं १ का ३१ व्र्षिय विनोद लामा र ३६ वर्षिय गणेश लामालाई गरुडाबाट पक्राउ गरेको हाे।
पक्राउ पर्ने दुबैजना दाजुभाइ रहेको प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपमा खैरोहिरोईन ल्याइरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय गरुडाबाट खटि गएको टोलीले गरुडा बजारको मुलगेट अगाडि चेकजाच गर्ने क्रममा उनीहरु पक्राउ परेको हो ।
मोटरसाईकलमा सर्ट भित्र लुकाएर ल्याउदै गरेको अवस्थामा ४६ ग्राम खैरोहिरोईन पक्राउ परेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । उनीहरुले प्रयोग गरेको एकथान सिम कार्ड, मोवाईलको बैट्री, प्रेसर कुकर एकथान लगाएतका समान पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुबै दाजुभाईलाई इलाका प्रहरी कार्यालयले उनीहरुमाथि लागु औषध खरिद बिक्रि तथा ओसार पसारसम्बन्धी मुद्दा दर्ता गरेकाे जनाएको छ ।
pakrao
