अर्थ

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
असोज–१२ । दशैं नजिकिएसँगै सुनको भाउ ४ सय रुपैयाँ घटेर ओरालो लागेको छ । मंगलबार तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । Gold यसका साथै तेजाबी सुनको मूल्य पनि घटेको छ । हिजो ५८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ५८ हजार ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । चाँदीको मूल्य पनि अघिको तुलनामा घटेको छ । मंगलबार ८ सय ७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदी बुधबार ८ सय ६० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

gold price Gole price in nepal

विशेष