यौन-शिक्षा

सांसद समेत रहेका डाक्टर भन्छन् : महिलाले हस्तमैथुन गरेको राम्रो

सांसद समेत रहेका डाक्टर भन्छन् : महिलाले हस्तमैथुन गरेको राम्रो

sex

असोज १४ । महिलाहरुले पनि आफ्नो यौन सन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । यौन चाहाना पूरा गर्न महिला तथा पुरुषले यौन साथी नभएको अवस्थामा आफ्नो हातको प्रयोगले यौन चाहाना पूरा गर्नु नै हस्तमैथुन हो । यौन साथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफैँ घर्षण गराएर आनन्द लिने गर्दछन् ।

योनि मांसपेशीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ । तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन्न नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा औँला होस् वा लिंग वा अरु कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो कुरामा टाँसिएको अवस्थामा नै हुन्छ ।

किशोरअवस्थामा तथा विवाहपूर्व महिलाहरुले पुरुषसँग यौनसम्पर्क नराखी हस्तमैथुनको उपाय रोज्नु राम्रो कुरा हो । बढ्दो उमेर र विवाह गर्ने उमेर पनि नभएको अवस्थामा यौन चाहाना पूरा गर्ने वैकल्पिक बाटो हस्तमैथुन नै हो । महिलाहरुले पनि विभिन्न उपाय लगाएर आफ्नो उमेर अनुसार हस्तमैथुन गर्न सक्छन् । महिलाहरुले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ त्यही अनुसार हस्तमैथुन गर्दा राम्रो हुने गर्दछ । महिलाहरुले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुम्सुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्न सक्छन् ।

महिलाहरुले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण गर्छन भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन् । चलाउने वा घर्षण गर्ने बाहेक दबाब दिने बिस्तारै हल्लाउने वा जोडले हल्लाउने तथा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौन आनन्द लिन सक्छन् । त्यति मात्र नभएर महिलाहरुले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको, छाला,तिघ्रा लगायत शरीरका अन्य अंगको स्पर्श,मर्दन वा सुम्सुमाएर पनि यौनआनन्द लिन सक्छन् । तर,अचेल बजारमा आएका विभिन्न कुत्रिम यौन साधन तथा वस्तुहरुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ ।

हस्तमैथुनलाई नकारात्मक रुपमा हेर्ने गरिन्छ । तर, वास्तवमा हस्तमैथुनले मानिसलाई फाइदा नै गर्ने गर्दछ । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मानिसलाई मुक्ति दिने गर्दछ । हस्तमैथुन गरेमा मुखमा दाग आउने,आँखाको दुष्टि कमजोर हुने विवाहपश्चात आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्नेलगायत अनेकौँ भ्रम रहेको छन् । तर, हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन् ।

हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । मानिसले हस्तमैथुन गरिसकेपछि आफ्नो मनमा विभिन्न डर तथा भय राखेर समस्या उत्पन्न गर्ने गरेका छन् । बढी मात्रामा हस्तमैथुन गर्नु भनेको पनि शरीरका लागि हानि गर्नु हो । यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि गर्दैन् ।

हत्तामा दुईदेखि तीन पटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ तर त्योभन्दा बढी गर्दा नकारात्मक असर पनि पर्न सक्छ । महिलाहरुले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनुअघि ध्यान पर्याउनु जरुरी देखिन्छ । महिलाले योनिमा औँला पसाउनेदेखि लिंग आकारको वस्तु पसाउने गर्दछन् । अहिले यौन प्रसाधनका रुपमा लिंगको स्वरुपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौन साथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ ।

त्यसकारण महिलाले लत लाग्ने गरी तथा आवश्यक भन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ । यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफासुग्घर हुन आवश्यक छ । यदि ती वस्तु साफ छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखापर्न सक्छन् । त्यसकारण महिलाले योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनुआवश्यक छ । यदि बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौन सन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहारा लिन पर्ने हुन सक्छ ।

शुक्रबारमा डा.सुवोधकुमार पोखरेलले गरेको प्रश्नोत्तर

Hand sex

विशेष