केटी जिस्काउँदा ३० हजार जरिवाना
असोज १४ । रुपन्देहीको विष्णुपुरा गाविसमा केटी जिस्काएको आरोपमा बस चालक र सहचालकले ३० हजार रुपैयाँ जरिवाना तिरेका छन् ।
लु १ ख ६१८३ नं. को बसका चालक संजय कुर्मी र सहचालक मंगरु कुर्मीलाई केटी जिस्काएको आरोपमा स्थानीयबासी र परिवारका आफन्तले कुटपिट गरेका थिए ।
कुटपिट पछि ति चालक र सहचालकले केटीलाई जिस्काएको स्वीकारेका थिए । त्यसपछि चालकले २० हजार र सहचालकले १० हजार रुपैयाँ जरिवाना तिरेको बताइएको छ ।
Kt Jiskyauda