अपराध सुरक्षा

आगजनीमा संलग्नको पहिचान खुल्यो, पक्राउ गर्ने तयारीमा प्रहरी

आगजनीमा संलग्नको पहिचान खुल्यो, पक्राउ गर्ने तयारीमा प्रहरी

पुस १७ ।  नेपाल प्रहरीले शुक्रबार काठमाडौंमा सरकारी गाडी आगजनी गर्ने पाँच जनाको पहिचान गरेको छ । उनीहरुलाई पक्राउ गर्ने तयारीमा प्रहरी रहेको छ । नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी ठाकुरप्रसाद ज्ञवालीले घटनामा संलग्न ४–५ जनाको पहिचान भइसकेको बताए ।

पहिचान भइसकेका व्यक्ति को हुन् भन्ने खुलाउन उनले इन्कार गरे । ‘पक्राउ नगरुन्जेल भन्न मिल्दैन । भने त भागिहाल्छन् ।’ नेपाल आजसँग कुरा गर्दै ज्ञवालीले भने, ‘घटनाको बारेमा हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौँ ।’

काठमाडौ महानगरीय प्रहरीका एसपी प्रद्युम्न कार्कीले दोषीलाई पक्राउ गर्ने चरणमा प्रहरी रहेको जनाए । ‘घटनामा संलग्न केहीको पहिचान भएको छ । पक्राउ नगरुन्जेल उनीहरुको परिचय खुलाउन असमर्थ छु ।’ कार्कीले भने ।

शुक्रबार नेकपा एमालेको भातृ संगठन युवा संघसम्बद्ध एक समुहले झण्डै १ दर्जन गाडी तोडफोड र आगजनी गरेको थियो ।

Nepal Police Thakur Gywali

विशेष