अर्थ

पाँच बैंक गाभिए

पाँच बैंक गाभिए
पुस–१७ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच अार्इतबार एकीकरण भएको छ । एकीकरणपछि नेपाल क्रेडिट एण्ड कमर्स बैंकका नामबाट अार्इतबारदेखि कारोबार सुरु गरिएको छ । एकीकरण सो बैंकको चुक्ता पूँजी चार अर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले एकीकृत कारोबारको शुभारम्भ गर्दै बैंकका कर्मचारी तथा व्यवस्थापनलाई वित्तीय अनुशासन कायम गर्न र जनताको निक्षेपलाई सुरक्षित तरिकाले लगानी गर्न निर्देशन दिए । उनले देशका सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्था धेरै खुले पनि पुँजीको वृद्धि हुन नसकेको र सुपरीवेक्षण गर्न पनि कठिनाइ भएको बताएका छन् । गभर्नर नेपालले विभिन्न बैंक तथा वित्तीय क्षेत्रले धितोको अधिक मूल्याङ्कन गरी खराव कर्जा प्रवाह गरेका कारण विगतमा १६ वटा बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरिएको जानकारी दिँदै अहिले राष्ट्र बैंकले सबै बैङ्क तथा वित्तीय संस्थाको शूक्ष्म निगरानी गरिरहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले अझै पनि ६० प्रतिशत जनसङ्ख्या वित्तीय सञ्जालमा जोडिन बाँकी रहेको बताए ।रासस

एकीकरण नेपाल क्रेडिट एन्ड कमर्स बैंक

विशेष