अपराध सुरक्षा

ढुंगाले च्यापी राखेको ३ हजार थान बिष्फोटक पदार्थ बरामद

ढुंगाले च्यापी राखेको ३ हजार थान बिष्फोटक पदार्थ बरामद
पुस १८ – गोरखाको स्वाँरा–९ थलाको जंगलको ओडारमा ढुंगाले च्यापी राखेको ईलेक्ट्रिक तार जडान भएको ३ हजार ९ सय ४१ थान डेटोनेटर प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा २ बोरा शंकास्पद बस्तु फेला परेको भन्ने खवर स्थानीय गोठालाहरु मार्फत प्रहरी चौकी सौरपानी स्वाँरामा प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले निष्कृय तथा काम नलाग्ने अवस्थामा उक्त बिष्फोटक पदार्थहरु बरामद गरेको थियो । उक्त बिष्फोटक पदार्थ द्वन्द कालमा लुकाई छिपाई राखेको हुन सक्ने बताइएको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विशेष