यौन-शिक्षा

यौन क्षमता बढाउन खानुहाेस् यी खानेकुरा

यौन क्षमता बढाउन खानुहाेस् यी खानेकुरा

तुलसी तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौन हार्मोनको उत्सर्जन बढ्छ । खरबुजा खरबुजामा सिटुलाइन नाम गरेको एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र पार्छ । यौनांगमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भियाग्रा लिने गरिन्छ । जुन काम खरबुजा खाएर पनि गर्न सकिन्छ । एभोकाडो एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा सेक्स हार्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइराइड ग्रन्थिलाई स्वस्थ राख्छ । थाइराइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ । भव्य यौन जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छ । लसुन लसुनमा एलिसिन नामक तत्त्व पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ । राम्रो यौन जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ । कालो चकलेट कालो चकलेटमा फेनेथाइलामाइन पाइन्छ, जसलाई ‘लभ केमिकल’ पनि भनिन्छ । यसले डोपामाइन र अनन्डामाइडजस्ता न्युरोट्रान्समिटरलाई दिमागमा रिलिज गराउने गर्छ । यिनले व्यक्तिलाई यौन र प्रेम दुवैमा समर्पित हुन प्रेरित गर्छन् । बदाम बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ । कुरिलो कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पु-याउँछ । केरा केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन् । अण्डा अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ । रातो खुर्सानी रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज हुन्छ । यसबाट रक्तसञ्चार तीव्र बन्छ । स्वस्थ यौन जीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ । फर्सीको बियाँ फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसिड र जिंक पाइन्छन् । यसले यौन जीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ । अदुवा अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । सेक्सअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् ।

यौन क्षमता

विशेष