अपराध सुरक्षा समाज

नक्कली जग्गाधनी खडा गरी २० करोड मूल्यको जग्गा बिक्री

नक्कली जग्गाधनी खडा गरी २० करोड मूल्यको जग्गा बिक्री
पुस १९ । ललितपुर मालपोत कार्यालयमा कार्यरत एक अधिकृत र भूमाफिया समूहको मिलेमतोमा चितवनको २० करोड रुपैयाँ मूल्य बराबरको जग्गालाई कौडीको भाउमा बिक्री गरेको खुलासा भएको छ । सो कार्यमा उनीहरुलाई चितवन मालपोत कार्यालयका कर्मचारीले पनि साथ दिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीले नक्कली जग्गाधनी खडा गरी सो जग्गा बिक्री गरेको आरोपमा ललितपुरका मालमोत अधिकृत मीनबहादुर भट्टराईलाई पक्राउ गरेको हो । उनी काठमाडौं मालपोतमा हुँदा २०६६ सालमा सो जग्गा बिक्री भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोसीआईबीले मालपोत अधिकृत भट्टराईलाई पक्राउ गरी कारबाही प्रक्रिय अघि बढाइएको छ । राजधानी दैनिक

Min Bhatarai

विशेष