अर्थ समाज

तेइस लाख जनतालाई सामाजिक सुरक्षा भत्ता

तेइस लाख जनतालाई सामाजिक सुरक्षा भत्ता
पुस - १९ । केन्द्रीय पञ्जीकरण विभागले आर्थिक वर्ष २०७३/७४ मा २२ लाख ८९ हजार २८२ लाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । विभागले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक, दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जाति, अपाङ्ग भएका व्यक्ति र दलित तथा कर्णाली अञ्चलका पाँच वर्ष नपुगेका बालबालिकालाई समेत सामाजिक भत्ता दिन लागेको हो । जसमा ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई भत्ता एक हजार र औषधि उपचारका लागि एक हजार गरी मासिक दुई हजार दिनेछ भने दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जातिलाई मासिक रु एक हजार दिइनेछ । यस्तै अपाङ्गता भएका व्यक्तिको हकमा पूर्ण अपाङ्ग (रातो कार्ड) प्राप्त गरेकालाई रु दुई हजार र अति अशक्त (निलो कार्ड) प्राप्त गरेकालाई छ सय दिइनेछ । यसैगरी दलित र कर्णाली अञ्चलका पाँच वर्ष उमेर नपुगेका बालबालिकालाई मासिक चार सय दिइनेछ । विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले विभागले सामाजिक सुरक्षा भत्ताका लागि रु ३२ अर्ब ६९ करोड ९९ लाख ९९ हजार रकम छुट्याएको जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता

विशेष