अपराध सुरक्षा

फेसबुक पेज खोली ठगी गर्ने पक्राउ

फेसबुक पेज खोली ठगी गर्ने पक्राउ
पुस - १९ । सामाजिक संजाल फेसबुकमा Mobile selling and buying in Nepal नामको पेज खोली ठगी गर्ने चितवन भरतपुर उपमहनगरपालिका–१३ का २२ वर्षीय दिपेश सापकोटालाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । उक्त पेजमा विभिन्न ब्राण्डका मोबाईल, ल्यापटप तथा क्यामेराहरु अनलाईन मार्फत बिक्रीमा राख्ने गरेका थिए । सामान खरिद गर्न इच्छुक  ग्राहकलार्इ आफ्नो बैंक खातामा सामानहरुको मुल्य बराबरको रकम जम्मा गर्न लगाउने गरेका थिए । रकम जम्मा भएको २४ घण्टा भित्र सामान दिने भन्ने झुठो आश्वा्सन दिई आफ्नो खातामा पैसा आएपछि सामान उपलब्ध नगराई ठगी गर्ने गर्ने गरेका प्रहरीले जनाएको छ। यस सम्वन्धमा प्रहरीले आवश्क अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook

विशेष