अर्थ समाज

राष्ट्रिय पोशाकको जगेर्ना गर्न ‘फेसन सस्तो बजार’

राष्ट्रिय पोशाकको जगेर्ना गर्न ‘फेसन सस्तो बजार’
पुस - २१ । विगतमा नेपाली राष्ट्रिय पोशाक रहेको दौरा सुरुवालको चलन हराउँदै गएको सन्दर्भमा त्यसलाई जगेर्ना गर्ने लक्ष्यका साथ राजधानीको सुन्धारामा सरल र सहजरुपमा दौरा सुरुवाल बिक्री गर्ने लक्ष्यका साथ ‘फेसन सस्तो बजार’ सुरु गरिएको छ । बजारका सञ्चालक सुरेश लामिछानेले नेपाली परम्परागत पोशाक हराउँदै गएको सन्दर्भमा नेपाली जनसमुदायमा राष्ट्रिय पोशाकप्रतिको लगाव बढाउन बजार सुरु गरिएको जानकारी दिए। नेपाली दौरा सुरुवाल, गुन्यू चोलीको प्रचलन बढाउन र नेपाली समुदायमा त्यसको थप जगेर्ना गर्नु नै आफूहरुको प्रमुख लक्ष्य रहेको बजार सञ्चालक लामिछानेले बताए । बजारमा सस्तो मूल्यमा गुणस्तरीय फेसन सामग्री बिना कुनै बार्गेनिङ खरिद गर्न सकिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गुणस्तरीय सामान उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिदै अर्का सञ्चालक भेषराज पौडेलले बजार निर्माणका लागि रु पाँच करोड खर्च भएको बताए । कुल ३५ पसल रहेको बजारमा नेपाली उत्पादनलाई विशेष बढावा दिइने, अन्य व्यावसायिक संस्था एवम् पसलको भन्दा ४० प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराइने उहाँले उल्लेख गर्नुभयो । उपभोक्ताले अनलाईनबाट समेत सामान खरिद गर्नसक्ने उनको भनाइ छ । रासस

राष्ट्रिय पोशाक

विशेष