अपराध सुरक्षा

फरार भनिएका बालकृष्ण ढुंगेललाई नागरिकले भेट्छन्, प्रहरीले भेट्दैन

फरार भनिएका बालकृष्ण ढुंगेललाई नागरिकले भेट्छन्, प्रहरीले भेट्दैन

पुस २२ ।  सुरक्षा निकायले राजनीतिक ‘मौका’ कुर्दाकुर्दै सर्वस्वसहित जन्मकैद सजाय तोेकिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन ।

सर्वोच्च अदालत फैसला कार्यान्वय निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जवाफ ‘फरार’ भन्ने आयो । तर उनलाई सर्वसाधारण नागरिकले भेटिरहेका छन्, प्रहरीले भेट्न सकेको छैन ।

ओखलढुंगाका व्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष पाँच महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढंगेललाई प्रहरी प्रशासनले फरारकै सूचीमा राखेको छ । तर काठमाडौंको कपन क्षेत्रमा उनी निर्धक्क डुलिरहेको प्रतक्ष्यदर्शी सर्वसाधारणले बताएका छन् ।

तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ता पुष्कर गौतम, ढंगेललगायत नौ जनाको समूहले २०५५ असार १० गते ओखलढंगा तारकेराबारीका उज्जन श्रेष्ठलाई गोली हानी हत्या गरेको थियो ।

व्यक्तिगत रिसका आधारमा श्रेष्ठलाई उनीहरुले सुराकीका आधारमा गोली हानी हत्या गरेका थिए । नागरिक दैनिक

Balkrishna Dhungel

विशेष