अर्थ

सिटी एक्सप्रेसको उपहार, उपत्यकमा ४ आना घडेरी सन्दिप महतोलाई

सिटी एक्सप्रेसको उपहार, उपत्यकमा ४ आना घडेरी सन्दिप महतोलाई

पुस २२ । दशैँ तिहार र छठको अवसरमा सिटी एक्सप्रेसले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता घोषणा गरेको छ ।

सोही योजना अन्तर्गत १२ जना साप्ताहिक बिजेताहरुले १२ थान ३२ इन्च एल.इ.डी टेलिभिजन प्राप्त गरेका छन् कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बम्पर उपहार योजनाको विजेता बिद्युतिय गोला प्रथा मार्फत छनौट गरेको हो । बम्पर उपहारको विजेताका रुपमा महोत्तरी स्थित लक्ष्मीनिया–७ निवासीे श्री सन्दिप कुमार महतो छनोट भएका छन् ।

उनले कम्पनीको तर्फबाट काठमाडौं उपत्यकामा ४ आना घडेरी जित्न सफल भएका छन् । यो योजनासंग सम्बन्धीत आफ्ना समस्त गा्रहकहरुलाई सिटी एक्सप्रेस मनी ट्रान्सफर परिवारकोतर्फबाट हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।

कम्पनीद्वारा सञ्चालित उपहार योजनाको विजेताको घोषणा संग–सँगै कम्पनीले नयाँ लोगोपनि प्रयोजनमा ल्याएको जानकारी दिइएको छ । कम्पनीले समयसँगै उपलब्ध गराउन थालेका विविध सेवा तथा सुविधामा ल्याएको परिस्कृतिकरण र बृहत सुविधा लगायत कारणलाई दृष्टिगत गर्दै नयाँ लोगो सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

cty express

विशेष