अर्थ समाज

विभिन्न फेसन र डिजाइनमा सय प्रतिशत नेपालमै बनेका पोषाकको कलेक्सन

विभिन्न फेसन र डिजाइनमा सय प्रतिशत नेपालमै बनेका पोषाकको कलेक्सन

पुस - २२ । कपडामा देखिएको परनिर्भतालाई तोड्दै बिज्नेस एसोसिएसन अफ होम बेसेड वर्कर (साबाह) नामक गैर सरकारी संस्थाले सय प्रतिशत नेपालमा उत्पादन भएका जाडोका लागि न्यानो कपडाको वित्रि वितरण सुरु गएको छ । ग्रामीण महिलाहरुले हातैबाट उत्पादन गरेका नयाँ डिजाइन र फेसनअनसारका कपडाहरु खरिद गर्न सकिने छ । यसभन्दा अघि नेपालमा थाइल्याण, चाइना, कोरियालगायतका देशबाट जोडामा प्रयोग हुने कपडा आयात गरिदै आएको थियो । साबाहले सूदुर पश्चिमको दार्चला जिल्लामा अल्लोको बाली लगाएर त्यसको रेसमबाट उत्पादन भएको धागो र उनलाई मिसाएर जाडोमा लगाउने न्यानो कपडा उत्पादन गर्ने गरेको छ । साबाहले परम्परागत पोषाकको जर्गना गर्ने उद्देश्यका साथ उक्त कार्य थालेको हो । साबाहका अनुसार दार्चुलाका ग्रामीण महिलाले हातले बुनियका परम्परागत पोषाक निर्माण हुँदै आएका छन् । जसमा स्थानिय स्तरमा प्राप्त प्राकृतिक स्रोत र साधनको प्रयोग गरिन्छ । यस्ता कपडा किन्दा ग्रामीण विकास र आर्थिक उपार्जनमा पनि टेवा पुग्ने साबाहले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । साबाहका अनुसार यस्ता सामान किन्दा घरमा बसेर काम गरिरहेका ग्रामीण महिलाको जीवनस्तर सुधार्न पनि सहयोग मिल्ने छ । साबाहले ग्रामीण महिलाहरुलाई घरमै आधारित रहेर आम्दानी गर्ने अवसर सिर्जना गरेको छ । साबाहले ग्रामीण महिलाहरुलाई अल्लोबाट कपडा उत्पादन गर्नका लागि आवश्यक पर्ने उपकरणका साथसाथै आवश्यक तालिम पनि दिने गरेको छ । साथै महिलामा क्षमता विकासलगायतका विषयमा उनीहरुलाई सीप सिकाउँदै आएको छ । सार्क अन्तर्गतको साबाह नेपाल २०६३ दर्ता भएको मुनाफा वितरण नगर्ने होम बेसेड वर्करको स्वामित्वमा रहेको संस्था हो । यो समाज कल्याण परिषद्मा गैर सरकारी संस्थाको रुपमा दर्ता भएको छ । यसमा २२ सय भन्दा वढी सदस्य रहेका छन् । यो संस्थाले समुदाय केन्द्रित सामाजिक व्यावसायको विकास गरी ग्रामीण समुदायको आर्थिक उपार्जनमा सहयोग गर्दै आएको छ ।

SABAH Nepal

विशेष