बुटवलको बजेट ७७ करोडभन्दा बढी

पुस - २२ । बुटवल उपमहानगरपलिकाले आगामी आव २०७४/७५ का लागि रु ७७ करोड ५५ लाख ८० हजार नौ सयको बजेट पारित गरेको छ ।
उपमहानगरको आज बसेको नगरपरिषद्ले आगामी आवका लागि पारित गरेको बजेटमा रु ३५ करोड सात लाख ८० हजार पुँजीगत खर्च र रु २७ करोड ४८ लाख चालु खर्च रहेको छ । त्यस्तै मझौला सहर आयोजनातर्फ रु १५ करोड खर्च अनुमान गरिएको छ ।
सो अवसरमा उपमहानगरपालिका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले उपमहानगरले पूर्ण सभ्य सहर बनाउन तय गरेका लक्ष्य प्राप्त गर्ने गरी नीति कार्यक्रम ल्याइएको बताए ।
बुटवल