अपराध सुरक्षा

३३ किलो  सुन छुटेको सम्बन्धमा १० दिनमा प्रतिवेदन बुझाउन समितिलाई जिम्मा

३३ किलो  सुन छुटेको सम्बन्धमा १० दिनमा प्रतिवेदन बुझाउन समितिलाई जिम्मा
पुस - २२ । त्रिभुवन विमानस्थलको भन्सार छलेर ३३ किलो अवैध सुन बाहिरीएको घटनाको सम्बन्धमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ । विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभाग प्रमुख नारायण सापकोटाले जानकारी दिए । सुन छुटेको अवधिमा कार्यरत उपसचिवदेखि कार्यालय सहयोगीसम्मका २९ कर्मचारीलाई जिम्मेवारविहीन बनाइएको उनले बताए । सापकोटाले भने “कर्मचारीको मिलेमतो, लापर्बाही वा कमजोरी के कारणले सुन छुट्यो भन्ने छानबिन गरी १० दिनमा प्रतिवेदन बुझाउन समितिलाई जिम्मा दिइएको छ ।” छानबिन समितिमा कुलराज ज्ञवाली, टङ्क पाण्डे, पुण्यविक्रम खड्का, श्रीलाल पौडेल सदस्य छन्। त्रिभुवन विमानस्थलको भन्सारबाट छाडिएको ३३ किलो सुनसहित पिङ्गलास्थानबाट तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पक्राउ गरेको थियो । रासस

विशेष