अपराध सुरक्षा

‘विमानस्थलमा सेटिङ गरेर ११ पटकमा ३ सय किलो सुन उम्काएँ’

‘विमानस्थलमा सेटिङ गरेर ११ पटकमा ३ सय किलो सुन उम्काएँ’

पुस २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहादुर शाहीले गरेका छन् ।

बिहीबार ३३ किलो सुनसहित प्रहरीले पक्राउ गरेका शाहीले केन्द्रीय अनुसन्धान ब्यूरोसँग यस्तो बयान दिएका हुन् । शाहीले सुन तस्करीमा संलग्न केही नेपाली तथा भारतीय व्यापारीको नामसमते खोलेको सिआइबी स्रोतले उल्लेख गरेको छ ।

दुबईका कारोबारीसँगको साँठगाँठ नेपालमा सुन तस्करी गर्दै आएका नेपालगञ्जका शाहीबारे सीआइबीले दुई महिनादेखि सूचना संकलन गर्दै आएको थियो । ‘तपाईहरु सुन तस्करीको श्रृंखलामा ११ पटकमा मलाई समात्न सफल हुनुभयो’ उनले बयानमा भने ।

यसअघि पटकपटक गरेर तीन सय किलो सुन विमानस्थलको घेराबाट बाहिर पठाइसकेको थिएँ , शाहीको बयान उदधृत गर्दै सिआइबीका एक उच्च अधिकृतले भने । –अन्नपूर्ण पोस्टबाट

विशेष