अपराध सुरक्षा

१४ लाखको रोलेक्स घडी सांसद रामहरी खतिवडाको खल्तिमा भेटिएछि...

१४ लाखको रोलेक्स घडी सांसद रामहरी खतिवडाको खल्तिमा भेटिएछि...

पुस २४ । लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनको हेल्थ क्लबमा बुधबार बिहान हल्लीखल्ली मच्चियो ।

पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलको १४ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने घडी हराएछ । उनले दरबारमार्ग प्रहरीमा गएर उजुरी गरे । प्रहरीले अनुसन्धान सुरु गर्यो । प्रहरी स्रोतअनुसार त्यस दिन हेल्थ क्लबमा गुरुङसहित जम्मा आठ जना व्यक्ति आएका थिए ।

प्रहरीले अनुसन्धान निम्ति हातका औंलाको छाप लिन पालैपालो सबैलाई डाक्यो। त्यही क्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडासँग पनि सम्पर्क गर्यो । ओखलढुंगाका निर्वाचित सांसद खतिवडा नियमित रूपमा ¥याडिसन क्लब जाने गरेका थिए । ‘माननीयज्यू, हामीकहाँ प्रबल (गुरुङ) जीको घडी हराएको उजुरी परेको छ, तपाईं पनि त्यस दिन ¥याडिसन क्लब जानुभएकाले फिङ्गर प्रिन्टको निम्ति यहाँ आइदिनुपर्यो,’ दरबारमार्गका प्रहरी अधिकारीले खतिवडासँग सम्पर्क गरे । ‘म त अहिले ओखलढुंगामा छु, फर्केर आएपछि आउँला,’ खतिवडाले जवाफ दिए ।

दरबारमार्ग प्रहरी स्रोतका अनुसार त्यसको केही बेरपछि नै खतिवडा आफैंले फोन गरे । उनले ‘खै कसरी हो, घडी त मेरै ट्राउजरमा पो रहेछ, म ल्याइदिन्छु है’ भन्दै खबर गरेको प्रहरी स्रोतले बतायो ।

त्यसको चार दिनपछि शनिबार खतिवडाले होटल र्याडिसनमा गएर घडी फिर्ता गरेको प्रहरीले जनाएको छ । दरबारमार्ग प्रहरीले घडी हराएको सूचना दिन आफूलाई सम्पर्क गरेको खतिवडाले पुष्टि गरेका छन् । ‘म ओखलढुंगामा थिएँ, दरबारमार्ग प्रहरीले प्रबलजीको घडी हराएकाले हजुर एकचोटि आइदिनुपर्यो भन्दै सम्पर्क गरेको हो,’ ।

त्यस दिन आफू हतार–हतार क्लबबाट निस्किएकाले घडी ट्राउजरमा कसरी पर्यो थाहा हुन नसकेको खतिवडाको भनाइ छ । ‘मलाई त्यसै दिन ओखलढुंगा जानु थियो, म हेल्थ क्लब जाँदा लगाएर गएको कपडा फुकालेर अर्को लगाएर त्यहीँबाट ओखलढुंगाका लागि निस्केँ,’ उनले भने, ‘बिहीबारसम्म केही थाहा भएन, कार्यक्रममै व्यस्त रहेँ । शुक्रबार दिउँसो ट्राउजर हेर्दा पो खल्तीमा घडी देखेँ ।

ramhari khatiwada

विशेष