ओटोमोबाइल

दमौलीमा यामाहाको नयाँ शो रुम

दमौलीमा यामाहाको नयाँ शो रुम
पुस–२४ । यामाहा बाइक र स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले तनहु जिल्लाको दमौलीमा नयाँ शो रुम खोलेको छ । यामाहाको नयाँ डिलर मोर्डन अटो ओर्कस्ले विश्व स्तरीय ३ एस् (सेल्स, सर्भिस र स्पेयर) को सुुविधा दिने भएको छ । यामाहाका बाइक र स्कुटरको माग बजारमा बढ्दै गएपछि उक्त क्षेत्रमा नयाँ शो रुमको स्थापना गरिएको पे्रस विज्ञप्तिमा जनाइएको छ । उक्त शो रुम उद्योग व्यापार संघका अध्यक्ष कृष्ण राज पण्डित र हास्य कलाकार सन्दिप क्षेत्रीबाट उद्घाटन गरिएको थियो । उद्घाटन सुरु हुन अघि मोटरसाइकल र्याली र स्टन्ट शो गरिएको थियो ।   नयाँ सुविधाबाट ग्राहकले दक्ष कामदारबाट विश्व स्तरीय सुविधा पाउने विश्वास भएको बताइएको छ । एमएडब्लुले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो । यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फसिनो, रेजी र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ नेपाली बजारमा उपलब्ध छन् । नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन रेसिङ बाइक आर १ बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय रहेको छ ।

एमएडब्लु इन्टरप्राइजेज यामाहा

विशेष