अपराध सुरक्षा

एक क्रुर नेपाली जसले आफ्नी श्रीमतीलाई गुप्तांगमा बेल्ना घुसाइदिए

एक क्रुर नेपाली जसले आफ्नी श्रीमतीलाई गुप्तांगमा बेल्ना घुसाइदिए

पुस २५ । भारतको उत्तराखण्डस्थित एक सरकारी अस्पतालमा भर्ना भएकी नेपाली महिलाको गुप्ताङमा काठको बेल्ना फेला परेको छ । डाक्टरलाई समेत आश्चार्यचकित बनाउने यो घटनाका सर्जक अर्थात उनको शरीरमा बेल्ना घुसार्ने अरु कोही नभएर ती महिलाका आफ्नै पति हुन, जो अस्पतालमै बिरामी कुरुवाका रुपमा बसेका छन् ।

महिला हिंसाको चरम रुपमा देखा परेको घटनाबारे यतिबेला बेलायत लगायत विश्वका अधिकांश सञ्चारमाध्यमले समाचार बनाएका छन् । तर, नेपालबाट उपचारका लागि भारत पुगेको यो जोडी नेपालको कुन जिल्लाबासी हो भन्नेसम्म समाचारमा खुलाइएको छैन ।

उनीहरु भारतमै रहेका नेपाली मुलका दम्पति हुन् या नेपालको कुनै जिल्लाबाट गएका हुन् भन्ने स्पष्ट हुन सकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालबाट उपचारका लागि भारत पुगेको दाबी गरेका छन् ।

३८ बर्षीया एक महिलाले बच्चा नपाएकै कारण आफ्ना श्रीमानबाट क्रुर आक्रमणको शिकार हुनुपरेको छ । अन्धविश्वास र महिलाहिंसाको यो चरम नमूना अन्त कतैको नभएर नेपालकै हो ।

यो दर्दनाक कथा हो एक नेपाली जोडी भएता पनि भारतको उत्तराखण्डस्थित सुशीला तिवारी सरकारी शिक्षण अस्पतालमा पुगेपछिमात्रै बाहिर आयो । र, यो विश्वभर समाचारको विषय बन्यो । बेलायतबाट प्रकाशित डेलीमेलका अनुसार गत डिसेम्बर २४ को साँझ पीडित महिलालाई इन्तु न चिन्तुको अवस्थामा अस्पताल र्पुयाइएको थियो । क्रिसमस इभको साँझ पेटमा पीडा भएको र सुन्निएको अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको थियो ।

त्यसको तीन दिनअघि उनका पतिले सन्तान दिन नसकेको भन्दै ४० सेन्टिमिटरको ‘बेल्ना’ले पत्नीको संवेनदशील अंगमा आक्रमण गरेका थिए । उनले गुप्ताङ्गभित्रै बेल्ना छिराइदिएका थिए । र, यसबारे कसैसँग कुरा गरे मारिदिने धम्कीसमेत दिएका थिए ।

पेट दुखेको र सुन्निएको भनेर अस्पताल भर्ना भएकी उनको एक्स रे परीक्षणमा केही देखिएन । लगत्तै ५ सदस्यीय डाक्टरको टोलीले उनको योनीभित्र ४० सेन्टिमिटरको बेल्ना फेला र्पायो ।

उपचारका लागि उनलाई तिनै क्रुर पतिले अस्पताल र्पुयाएका थिए । अस्पतालका सर्जन डा. केदारसिंह शाहीले भने, ‘हामी निक्कै अचम्भित भयौं । हामीले यस्तो अनुमानै गरेका थिएनौं, सर्जन शाहीे भने, ‘हामीले एक्सरेमा केही छायाँ देखेका थियौं, तर काठलाई एक्सरेबाट पहिचान गर्न सकिँदैनथ्यो ।’ ‘उनको भित्री अंग यति क्षत–विक्षत भएको थियो कि यसबाट उनको मृत्यु नै हुनसक्थ्यो ।’ अस्पतालले भारतीय प्रहरी र त्यहाँको राष्ट्रिय महिला आयोगलाई सूचित गरेपछि दुवै संस्थाका प्रतिनिधि अस्पतालमा आए । तर, उनीहरुसँग कुरा गर्न महिलाले संकोच मानिरहेकी थिइन् ।

भारतीय महिला आयोगकी उपाध्यक्ष अमिता लोखानी भन्छिन, ‘मलाई अपरेसनको एक दिनपछि जानकारी आएको थियो । ‘जतिवेला मैले अस्पताल पुगेर उनलाई भेटेँ उनको अवस्था भयानक थियो ।’

लोखानीले भनिन, ‘उनी पीडामा त थिइन् नै, अरुसँग कुरा गर्न पनि डराइरहेकी थिइन् ।’ ‘मैले उनलाई सोधेँ कि के भएको थियो, तर उनी केही बोल्न सकिनन् र भक्कानिएर रुन थालिन् ।’

‘लगातार तेस्रो दिन उनलाई भेट्न गएपछि उनी केही खुल्न थालिन् । जतिबेला उनका श्रीमान् त्यहाँ थिएनन,’ लोखानीले भनिन ‘उनले मसँग भनिन् कि उनी बाँझी थिइन् र अक्सर उनका पतिले प्रताडीत गरिरहन्थे ।’

नैनीताल पुलिसका सिनियर सुपरिटेन्डेन्ट जनमेजाया खान्दुरीका अनुसार पीडितका पतिलाई बलात्कार र शारीरिक नोक्सानीको आरोपमा पक्राउ गरी कारबाही सुरु गरिएको छ । महिलालाई अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ । अर्को साता उनी अस्पतालबाट डिस्चार्ज हुनेछिन् । तर, उनलाई राष्ट्रिय महिला आयोगले परामर्श भने दिइरहने छ ।

अस्पतालका सर्जन शाहीले भने, ‘उनी कमजोर अंग सेप्टिसिमिया नराम्रोसँग क्षतविक्षत रहेको अवस्थामा अस्पताल आइपुगेकी थिइन् ।’ ‘उनको जीवन गम्भीर खतरामा थियो, तर अहिले उनलाई राम्रो भएको छ र उनको द्रुत गतिमा ठीक भइरहेकी छन् ।

Nepali

विशेष