अपराध सुरक्षा

यौनकार्यमा संलग्न चार भारतीयसहित आठ जना पक्राउ

यौनकार्यमा संलग्न चार भारतीयसहित आठ जना पक्राउ

पुस २५ । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ ।

भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए ।

अवैध यौन गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिर्तामोडको नयाँ बसपार्कस्थित स्वागतम होटलबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए ।

इलाका प्रहरीका कार्यालय अनारमनीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

Sexual

विशेष