अपराध सुरक्षा

कार्कीलार्इ मोसो दल्ने दुबैलाई एक-एक महिना जेल

कार्कीलार्इ मोसो दल्ने दुबैलाई एक-एक महिना जेल
पुस – २५ । निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमा कालो मोसो दल्ने दुई जनालाई सर्वोच्च अदालतले १ महिना जेल सजाय सुनाएको छ । कार्कीमाथि अख्तियार परिसरमा नै मोसो दल्ने नेकपा माओवादी(विप्लब समूह) का दुई कार्यकर्तालाई अदालतको अवहेलना गरेको अभियोगमा एक एक महिना कैद सजाय हुने भएको हो । दाङ घर भएका नेकपा माओवादीका कार्यकर्ता प्रकाश शाही र चन्द्रबहादुर बुढाले सर्वोच्च अदालत परिसरमा निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालो मोसो दलेका थिए । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलाशले शाही प्रबल र बुढालाई एक एक महिना कैद हुने आदेश दिएको हो । सर्वोच्च अदालतले पुस ७ गतेदेखि थुनामा रहेका उनीहरुलाई त्यही दिनदेखि कैद कट्टा हुनेगरी जिल्ला कारागार काठमाडौंमा पठाउन आदेश दिएको छ ।

चन्द्रबहादुर बुढा प्रकाश शाही लोकमान सिंह कार्की

विशेष