अपराध सुरक्षा

केटी च्यापेर हिँड्दा राष्ट्रपति कार्यालयका कर्मचारी खोरमा

केटी च्यापेर हिँड्दा राष्ट्रपति कार्यालयका कर्मचारी खोरमा

पुस २७ । अल्लारे बैंस अनि सर्वोच्च निकायको जागिर । यति भएपछि अचलेका ठिटालाई के चाहियो ? जोशैजोशमा उम्लने राष्ट्रपति कार्यालयका कर्मचारी हिरासतको हावा खान पुगेका छन् । नाम हो जोन लिम्बु । उमेर २३ वर्ष । २३ गतेका दिन मोटरसाइकलको पछिल्तिर केटीलाइ लोड गरेर पोखराको डेभिड फल्स घुम्न जाने क्रममा दुई जना प्रहरीमाथि हातपात गर्दा सार्वजनिक अपराधअन्तर्गत म्याद थपी उनलाई खोरमा थुनिएको छ ।

घोरेपाटन चौकी अगाडि नो पार्किङ लेखिएको ठाउँमा बाइक नराख्नु भन्दा भन्दै मलाई चिन्या छौं ? भनी हेण्डल लक गरेपछि हवल्दार अमर वक र ट्राफिक प्रहरी जवान कमल चौधरीसँग झडप परेका हो । लाइसेन्स माग्दा परपरबाटै राष्ट्रपति कार्यालयको परिचयपत्र देखाउन थालेपछि विवादले उग्ररुप लिएको बताइन्छ । लिम्बुले ट्राफिक प्रहरीको आँखामा र हवल्दारलाई गुप्तांगमा लात्ती र मुड्कीले हिर्काएको प्रहरीको जोहरी छ । –जनआस्था साप्ताहिकबाट

विशेष