प्रस्तोता समाजद्वारा एनसेल सम्मानित
पुस २७ । देशकै अग्रणी जिएसएम मोबाईल सेवा प्रदायक कम्पनी एनसेल गायक गायिकाहरुको साझा संस्था प्रस्तोता समाज नेपालबाट सम्मानित भएको छ ।
आरबिटी रिङ्ग ब्याक टोन सेवा अन्र्तगतको संगीत रोयल्टी उपलब्ध गराई ऐतिहासिक कार्यको सुरुवात गरेकाले प्रस्तोता समाजले एनसेललाई सम्मान गरेको हो ।
प्रस्तोता समाजले ‘दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोह’ का अवसरमा एनसेललाई मंगलबार उसले रोयल्टी संकलनमा गरेको ऐतिहासिक योगदानको सम्मान गर्दै कदरपत्र प्रदान गरेको हो । प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्माले उक्त कदरपत्र एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई हस्तान्तरण गरेका थिए ।
दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोहमा प्रस्तोता समाजले एनसेलबाट प्राप्त चार महिना ९जुलाई देखि अक्टोबर २०१६० को रोयल्टी ३० जना गायक गायिकाहरुलाई प्रदान गरेको छ ।
रोयल्टी स्वरुप प्राप्त गरेको रकमका आधारमा गायिका अन्जु पन्तले उक्त चार महिनामा सबैभन्दा बढि रु १,४४,२९९ रोयल्टी प्राप्त गरेकी छिन् ।
गायक प्रमोद खरेलले रु ८५,१४५ रोयल्टी प्राप्त गरेका छन् भने गायक विष्णु माझिले रु ५६,५६४ रोयल्टी पाएका छन्
Ncell