श्रृंखलावद्ध लुठपाटमा संलग्न लुटेरा पक्राउ

पुस - २७ । श्रृंखलावद्ध लुठपाटमा संलग्न एक व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौको बागेश्वरस्थित दक्षिणढोकाबाट पक्राउ गरेको छ । लुठपाटमा संलग्न सागर भन्ने टिका बहादुर थापा मगरलाई ब्यूरोले पक्राउ गरेको हो ।
पीडित मिन्दरा अधिकारीले दिएको उजुरीको आधारमा आरोपी मगरलाई पक्राउ गरिएको हो । मगर गत २२ गते करिब भक्तपुरको कौशलटारस्थित एनआइसी एसिया बैंकबाट अधिकारीले निकालेको छ लाख लुटेर फरार भएका थिए ।
मगरको साथबाट नगद तीन लाख, मन्दिरा अधिकारीको सवारी चालक अनुमति पत्र, चार थान मोवाइल, लुटपाटमा प्रयोग गर्ने बा८०प २६५१ निलो कालो मोटरसाइकल, यमकला भन्डारीको ग्लोबल आइएमीको चेक बुक, नागरिता र ढाकाको लेडिज ब्याग बरामद भएको प्रहरीले जनाएको छ ।
मगरले उपत्यकाका बिभिन्न स्थानमा मोटरसाइकलको प्रयोग गरी पीडितको पिछा गरी एकान्त स्थानमा पारेर नगद तथा धनमाल जबर्जस्ती चोरी गर्ने गरेको अनुसन्धाबाट खुल्ल आएको प्रहरीले जनाएको छ ।
मगर विगत ९ वर्षदेखि चोरी तथा लुटपाटमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ । मगरविरुद्ध यो वर्षमात्रै पाँच वटा लुटपाट तथा चोरीका आरोप रहेका छन् ।
लुटपाट
