अपराध सुरक्षा

पूर्व जर्नेलद्वारा सर्वसाधारणलाई जुत्ता प्रहार, गोलीले उडाइ दिने धम्की

पूर्व जर्नेलद्वारा  सर्वसाधारणलाई जुत्ता प्रहार, गोलीले उडाइ दिने धम्की

पुस २८ । पृथ्वीनारायण शाहको २९५औं जन्म जयन्ती मनाउने क्रममा राजधानीमा जुत्ता प्रहार भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा रहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले कार्यक्रममा सहभागीलाई जुत्ता प्रहार गरेका हुन ।

कार्यक्रममा सहभागी रवि गुरागाईंले पृथ्वीनारायण शाहको गुनगानमात्रै गाउने काम भएको र प्राज्ञिक विमर्श नभएको भनि प्रश्न उठाएपछि अतिथि दीर्घामा बसेका पूर्वजर्नेल बस्न्यात मञ्चबाटै उनीमाथि जाइलागेका थिए । ‘पृथ्वीनारायण शाहमाथि प्रश्न उठाउने तँ को होस?’ भन्दै उनी माथी जुत्ता प्रहार गरेका थिए । ’ गुरागाईंप्रति लक्षित गर्दै उनले आफूले लगाएका दुईवटै जुत्ता खोलेर प्रहार गरेका थिए । सहभागीले गुरागाईंलाई छेकेपछि जुत्ता लाग्नबाट उनी जोगिए ।

बस्न्यासले ‘सेनाको मान्छे हुँ, बन्दुकले उडाइदिन सक्छु’ भन्दै गुरागाईंलाई धम्की समेत दिएका थिए । सो घटनापछि कार्यक्रम केही समयका लागि बिथोलिएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा आयोजित विशेष प्रवचन कार्यक्रम’ नामक कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

उनले पृथ्वीनारायण शाहले भनेको चार वर्ण छत्तिस जात भन्ने जस्ता कुराहरुको विमर्शका रुपमा आफूले उठाउन चाहेको बताए । प्रज्ञा प्रतिष्ठान परम्परागत शैलीमा हिँडेकोप्रति असन्तुष्टि व्यक्त गर्दै गुरागाईंले अरुको कुरा सुन्न नचाहाने असहिष्णु व्यवहार आफूले भोगेको बताए ।

कार्यक्रमका अन्य वक्ताहरुमा बस्न्याससहित साहित्यकार मोदनाथ प्रश्रित, शम्भु सिंखडा, वक्ताका रुपमा उपस्थित थिए ।

Premsingh Basnet

विशेष