अर्थ

नर्वेले नेपाललाई १३ अर्ब रुपैया सहायता दिने

नर्वेले नेपाललाई १३ अर्ब रुपैया सहायता दिने
पुस २८ ।  नर्वेले चालु सन् २०१७ को बार्षिक बजेटमा नेपाल सरकारलाई झन्डै १३ अरब रुपैया (१ अरब ९करोड क्रोनर) बैदेशिक सहायता घोषणा गरेको छ । यस बजेट अन्तर्गत नर्वेले अर्थ मन्त्रालय लाइ ८० करोड ५ लाख र नेपाल सरकारको नाममा २९ करोड २ लाख क्रोनर छुट्याएको छ । नर्वे सरकारले त्रिभुवन युनिभर्सिटीलाइ १० करोड क्रोनर र काठमाडौँ युनिभर्सिटी ४८ लाख ८२ हजार क्रोनर अनुदान दिने नर्वेली दैनिक डिएन ले उल्लेख गरेको छ । निजि क्षेत्रका नेपाली संघ,संस्था तर्फ सबै भन्दा ठुलो रकम संचारिका समुहले झन्डै २ करोड २० लाख रुपैया (१८ लाख १७ हजार क्रोनर), असमान नेपाल र पब्लिक अवेरनेस क्याम्पेन, नेपालले क्रमशस् झन्डै १ करोड दशलाख रुपैयाका दरले (९ लाख क्रोनर) नर्वेको बैदेशिक सहायता प्राप्त गर्ने छन् । यसबाहेक बिभिन्न नर्वेली अन्तर्राष्ट्रिय संघ संस्थाले समेत नर्वे सरकारको बैदेशिक अनुदान रकम हात पारेका छन् । बैदेशिक सहायताको ठुलो रकम भने राष्ट्र संघीय बिकास आयोजना मार्फत खर्च गर्ने गरिन्छ ।

Norway Government

विशेष